नेप्से लगातार ४ दिन ओरालो, बिहीबार पनि १८.२६ अंकले घट्यो

काठमाडौं, १९ जेठ । यस साताको चौंथो कारोबार दिन बिहीबार शेयरबजार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १८.२६ अंकले घटेर २११२.४७ अंकमा पुगेको छ ।
बुधबार २२७ कम्पनीको ३५ लाख ६६ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ३.८१ अंकले घटेर ४१०.६६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.९२ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समुहका कम्पनीको कारोबार घटेको छ, भने एक समूहका कम्पनीको कारोबार बढेको छ । यस दिन म्यूचल फण्ड समुहका कम्पनीको कारोबार भने सामान्य अंकले बढेको छ ।