Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तयारीबिनै नयाँ शहर घोषणा गर्दै सरकार

तयारीबिनै नयाँ शहर घोषणा गर्दै सरकार

काठमाडौं, २१ जेठ । नयाँ शहर घोषणा गर्ने क्रमलाई सरकारले फेरि पनि निरन्तरता दिएको छ । आगामी आर्थिक वर्ष ०७९÷०८० को बजेटमा ४ वटा नयाँ शहरको योजना सार्वजनिक गरेको छ । सरकारले नयाँ शहरको संख्या बढाउने क्रमलाई निरन्तरता दिएको हो ।

यसअघि बजेटमार्फत सरकारले २५ वटा नयाँ शहर घोषणा गरेको थियो । ती शहरी योजना कार्यान्वयन नहुँदै सरकारले फेरी ४ वटा नयाँ शहर बजेटमा थपेको छ ।

बजेटको २९२ नम्बर बुँदामा मौलिक कला र विशेषता झल्किने संरचनासहित ४ ठाउँलाई नयाँ सरहको रुपमा विकास गर्ने उल्लेख छ । यस अघिका ‘नयाँ शहर’ मात्रै भनेर घोषणा गर्दै आएको सरकारले आगामी वर्षबाट ४ वटा नयाँ शहरमा मैलिकता झल्कने शैली र विशेषता झल्कने संरचनासहित विकास गर्ने जनाएको छ ।

नयाँ शहरमा स्वास्थ्य, शिक्षा, आर्थिक गतिविधि, सडक, विद्युतलगायत आवश्यकतामा प्राथमिकतामा दिने सरकारले जनाएको छ ।

सबै शहरमा १ लाख जनसंख्या पुर्याउने पनि सरकारको योजना छ । तर, मौलिक शैलीमा विकास गर्ने भनिएकामा भौतिक पूर्वाधार निर्माण गर्ने तथा घरहरुको शैली बनाउने तयारी गरेको भएपनि पूर्ण तयारी नभएको शहरी अध्ययनकर्ता संदिप थापा बताउँछन् ।

शहरीमा सिन्धुलीको मरिण, बाराको निजगढ, तनहुँको देवघाट र पाल्पाको रामपुर छन् । सरकारले आर्थिक वर्ष ०६७÷०६८ मा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा १० वटा नयाँ सहर बनाउने घोषणा गरेर नयाँ शहरको योजना अगाडि सारेको थियो ।

आगामी आर्थिक वर्षबाट उक्त ४ स्थानमा अध्ययन गर्ने सरकारको तयारी छ । तर, कस्तो अध्ययन गर्ने र कहिले सम्पन्न हुने ? जस्ता कुरामा समय निर्धाणर गरेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x