Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

युवा लक्षित रोजगारी सिर्जना तथा उद्यमशीलता विकास गर्न चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने

युवा लक्षित रोजगारी सिर्जना तथा उद्यमशीलता विकास गर्न चेम्बर अफ कमर्सले  स्थानीय तहसँग सहकार्य गर्ने

काठमाडौं, २९ जेठ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशीलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् ।


महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने बताए ।
युवा उद्यमशीलता तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि प्राकृतिक स्रोतको उच्चत्तम प्रयोग, विदेशमा सिकेको सीपलाई नेपालमा प्रवद्र्धन गर्न नेपाल चेम्बर अफ कमर्सले सबै स्थानीय तहसँग सहकार्य गर्न चाहेको अध्यक्ष मल्लको भनाइ छ ।
‘विदेशबाट फर्किएका युवाहरुको लगत संकलन गरेर उनीहरुको सीपलाई राज्यले प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ । सरकाले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने बजेटमा घोषणा गरेको छ,’ मल्लले भने, ‘युवाहरुको सीपलाई एकीकृत गरेर औद्योगिक ग्राम बनाउन सकिन्छ । यसमा अन्तर्राष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिन्छ र लगानी मार्फत विदेशमा सिकेको ज्ञान तथा सीपलाई उत्पादनसँग जोड्न सकिन्छ ।’
युवा स्वरोजगारी मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि मुलुक भित्रका प्राकृतिक स्रोतको उच्चतम सदुपयोग गर्नुपर्नेमा अध्यक्ष मल्लको जोड थियो ।
अध्यक्ष मल्लले महोत्तरीमा उत्पादित उखु, फलफूल लगायत अन्य उपभोग्य वस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले सहकार्य गर्ने समेत बताए । मुलुकमा बिचौलिया राजको अन्त्यका लागि कृषक र उपभोक्तासम्म सिधा सम्पर्क हुनेगरी बजारको व्यवस्था गर्न चेम्बर अफ कमर्सले पहल गर्ने समेत उनको भनाइ थियो ।
मुलुकमा चरम व्यापार घाटा भइरहेको सन्दर्भमा अध्यक्ष मल्लले भुक्तानी सन्तुलनलाई कायम राख्नु सवैभन्दा ठूलो चुनौती भएको बताउँदै आयत र निर्यातलाई व्यवस्थित गर्नुपर्ने बताए । मल्लले कर राजश्व नीति पनि एकद्वारको हुनुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x