Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विदशी मुद्राको सञ्चिति पछिल्लो समय १८% ले घट्यो

विदशी मुद्राको सञ्चिति पछिल्लो समय १८% ले घट्यो

काठमाडौं, ३० जेठ । विदेशी मुद्राको सञ्चिति १८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष असारमा ११ अर्ब ७५ करोड डलर बराबरको विदेशी मुद्राको सञ्चिति रहेकोमा चालु आर्थिक वर्षको पल्लिो १० महिनामा नेपालमा २ अर्ब ४७ करोड डलर सञ्चिति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि केन्द्रिय बैंकले पुसदेखि नै केही वस्तुको आयात निरुत्साहित गरेको छ । सात महिनाको वस्तु तथा सेवा धान्ने सञ्चिति राख्ने राष्ट्र बैंक लक्ष्यभन्दा तल झरेपछि पछिल्लो कदम आएको छ । आयात अत्याधिक बढेको, विदेशी मुद्रा प्राप्तिको मुख्य स्रोत रेमिट्यान्स पनि बढ्न नसकेको तथा अरू स्रोतमा पनि संकुचन देखिएकाले सञ्चितिमा दबाब परेको केन्द्रीय बैंकको प्रतिवेदनले जनाएको हो ।

सरकारले पछिल्लो समय विदेशबाट आयात हुने केही वस्तुमाथि प्रतिबन्ध लगाएको छ ।

चालु आर्थिक वर्षको सुरुदेखि नै विदेशी मुद्राको सञ्चितिमा गिरावट आउन थालेपछि राष्ट्र बैंकले मौद्रिक उपकरणबाट आयात निरुत्साहित गर्न खोजेको थियो । आन्तरिक तथा बाह्य क्षेत्रलाई लक्षित गर्दै राष्ट्र बैंकले नीति ल्याएको थियो। त्यसले पनि काम नगरेपछि बैशाखदेखि सरकारले तीन महिनाका लागि केही वस्तुमाथि प्रतिबन्ध नै लगाइदिएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैशाख मसान्तसम्म विदेशी मुद्राको सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर बराबर रहेको छ । १० महिनासम्मको आयातको ट्रेन्ड अनुसार आयात भएमा यो सञ्चितले ६ महिना १५ दिनको वस्तु तथा सेवाको आयात गर्न सकिन्छ। यस्तो आयात धान्नसक्ने क्षमतामा पनि निरन्तर गिरावट आएको छ ।

तर सात वर्षपछिको अवस्थामा आउँदा रेमिट्यान्सले भारबहन तथा सन्तुलनकारी हैसियत उही राखेको छैन। गएको वर्ष १५ खर्ब ३९ अर्बको आयात हुँदा रेमिट्यान्स भने जम्मा ९ खर्ब ६१ अर्बमात्र भित्रिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x