Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अन्तर्राष्ट्रिय म्याराथुन प्रतियोगिता जेठ ५ मा

अन्तर्राष्ट्रिय म्याराथुन प्रतियोगिता जेठ ५ मा

काठमाडौं, ३० बैशाख । ट्रेकिङ एजेन्सि एशोसिएस अफ नेपाल (टान)को आयोजनामा जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने भएको छ । ‘एडभान्चर स्पोट्स फर सस्टेनेवल टुरिजम’ नारा दिइएको उक्त प्रतियोगिता रसुवा जिल्लाको लाङटाङमा हुने टानका अध्यक्ष नवराज दाहालले जानकारी दिए ।

विनाशकारी भूकम्प लगत्तै त्यहाँ पर्यटकको चाप कम हुदैं गएपछि पर्यटकलाई आकर्षित गर्ने, लाङटाङ क्षेत्रको प्रचारप्रसार गर्ने उद्धेश्यले टानले अघिल्लो वर्ष पनि म्याराथुनको आयोजना गरो थियो । यस पटकको म्याराथुन क्याङजिङ गुम्वा देखि सुरु भई घोडावेला– लामा होटल– रिम्चे– शेर्पागाँउ– खान्जिम– विदिम– लिङलिङ हुदैं स्याफ्रुवेसीमा पुगेर सम्पन्न हुने छ ।

उक्त म्याराथुनमा प्रथम, दोस्रो र तेस्रो हुने महिला र पुरुष दुवै तर्फका विजेतालाई क्रमशः १ लाख ५ हजार रुपैंया, ७८ हजार ७ सय ५० रुपैंया र ५२ हजार ५ सय रुपैंया सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने अध्यक्ष दाहालले जानकारी दिए । साहासिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना हुन लागेको उक्त प्रतियोगितामा करिब १ सय जनाको सहभागिता रहने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x