पूर्वमन्त्री विक्रम पाण्डेले भ्रष्टाचार मुद्दामा सफाइ पाए

काठमाडौं, ६ असार । विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिने फेसला सुनाएकाे हाे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा पाण्डेसहित २१ जअनाविरुद्ध ८ अर्ब असुल हुनुपर्ने दाबी गर्दै मुद्दा दायर गरेको थियो। अख्तियारले पाण्डेविरुद्ध मात्र २ अर्ब १३ करोडको बिगो दाबी गरेको थियो। पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेसहितको मुद्दामा पछिल्लो एक सातादेखि निरन्तर सुनुवाइ भइरहेको थियो।