Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

१५ खर्ब ७७ अर्ब नाघ्यो व्यापार घाटा

१५ खर्ब ७७ अर्ब नाघ्यो व्यापार घाटा

काठमाडौं, ८ असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल वैदेशिक व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड नाघेको हो ।


यो गत आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड थियो ।


यस्तै चालु आर्थिक वर्षको ११ महिनामा आयात १७ खर्ब ६३ अर्ब २२ करोड र र्नियात १ खर्ब ८५ अर्ब ८३ करोड भएको छ । गत आर्थिक वर्षको सो अवधिमा आयात १३ खर्ब ८३ अर्ब ३६ करोड र र्नियात १ खर्ब २१ अर्ब २५ करोड भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x