Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

विद्युत् चुहावट १०.४१ प्रतिशतमा सीमित

विद्युत् चुहावट १०.४१ प्रतिशतमा सीमित

काठमाडौं, ११ असार । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको १० महिनामा वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । सो अवधिमा वितरणतर्फको विद्युत् चुहावट १०.४१ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

सामान्य हिसाबमा एक प्रतिशत बराबरको चुहावट नियन्त्रण गर्दा झण्डै एक अर्ब बराबरको आर्थिक लाभ हुन जाने प्राधिकरणको बुझाइ छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने प्राधिकरणले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x