Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सार्वजनिक तथा मालबाहक सवारीको घट्यो भाडा

सार्वजनिक तथा मालबाहक सवारीको घट्यो भाडा

काठमाडौं, १२ असार । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै सरकारले सार्वजनिक सवारी तथा मालबाहक सवारीको भाडा घटाएको हो ।

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।


सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x