Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बढ्यो सवारी कर गण्डकी प्रदेशमा

बढ्यो सवारी कर गण्डकी  प्रदेशमा

काठमाडौं, १४ असार । गण्डकी प्रदेशमा १२५ सीसीसम्मको स्कुटर र मोटरसाइकलको नवीकरण तथा सवारी साधन वार्षिक कर २७ सय तिरे पुग्नेमा आगामी आर्थिक वर्षदेखि ३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

अहिले १२६ देखि २ सय ५० सीसीसम्मको ४ हजार ६ सय रुपैयाँ तिरे पुग्छ । २ सय ५१ देखि ४०० सीसीसम्मलाई ४ हजार ६ सय रुपैया र ४ सय माथिका २ पांग्रे सवारी साधनले २० हजार १ सय रुपैयाँ तिर्नुपर्थ्यो । ४ समूहमा वर्गीकरण गरेर नवीकरण तथा वार्षिक सवारी कर लिइरहेको गण्डकी प्रदेशले अब ६ समूहमा वर्गीकरण गरी सबैमा कर बढाएको छ ।

२ सय २६ देखि १ सय सीसीसम्मको ५ हजार, १ सय ५१ देखि २ सय २५ सीसीसम्मको ६ हजार ५ सय, २ सय २६ देखि ४ सय सीसीसम्मको ११ हजार, ४ सय १ देखि ६ सय ५० सीसीसम्मको २० हजार र ६ सय ५१ देखिमाथि सबैले ३० हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।

दुई पांग्रे सवारी साधनदेखि हेभी इकुपमेन्टसम्म सरकारले नवीकरण तथा वार्षिक सवारी कर बढाएको छ । गण्डकीमा अहिले भइरहेको करको दरभन्दा १० औं हजारले बढी तिर्नुपर्ने भएको छ ।

गण्डकी प्रदेशमा १ हजार सिसीसम्मको सवारी साधन भएका व्यक्तिले वार्षिक सवारी कर तिर्न २० हजार रुपैयाँ भए पुग्थ्यो । अब भने २२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । २५ सयदेखि ३ हजार सीसीसम्मको सवारी साधनको वार्षिक ४० हजार तिरे पुग्नेमा अब ५० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सरकारले सवारी साधनको नवीकरण तथा सवारी साधन कर बढाएपछि यतिबेला चौतर्फी विरोध भइरहेको छ । सरकारले जनताको ढाड सेक्ने गरी सवारी साधनमा कर बढाएको भन्दै जनस्तरदेखि सत्तारुढ दलसम्मले विरोध र आपत्ति जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x