Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

ललितपुरको झम्सिखेल चोकमा ट्राफिक लाईट सञ्चालनमा

ललितपुरको झम्सिखेल चोकमा ट्राफिक लाईट सञ्चालनमा

काठमाडौं, १६ असार । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा आएको छ ।


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर्स प्रा.लि.सँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाईट जडान गरि संचालनमा ल्याएको हो ।


ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त नयाँ ट्राफिक लाईटको स्वीच अन गरी उद्घाटन गरेका थिए ।
प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको एसएसपी जोशीले बताए ।


“उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ ।” जोशीले भने ( “प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।”


कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका वडा नं। ३ कार्यालयका वडाअध्यक्ष गोपाल महर्जनले ट्राफिक लाईट जडानबाट आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने कुरामा जोडिन पाउँदा हर्षित रहेको र सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग र सवारी व्यवस्थापनमा सक्रियता बढाएको भुमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताएका थिए ।
कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, ट्राफिक प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो । हाल उपत्यकाको मुख्य ४० चोकहरुमा ट्राफिक लाईटबाट सवारी व्यवस्थापन हुदैँ आएको छ भने १३ स्थानमा परिक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य भईरहेको छ ।


ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा ट्राफिक लाईटको पूर्ण पालना गरि ट्राफिक व्यवस्थापन सहयोग गरिदिन सम्पूर्णसवारी चालक तथा पैदलयात्रीहरूलाई ट्राफिक कार्यालयले विशेष अनुरोध समेत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x