Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले पदभार सम्हाले

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत  ढुङ्गानाले पदभार सम्हाले

काठमाडौं, १७ असार । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आज १७ गते (शुक्रबार) देखि आफ्नो कार्यभार सम्हालेका छन् ।


सो बैंकको गत १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो ।


बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए ।


यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x