Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

अमेरिकी डलर थप मजबुत बन्दै, अन्तर्राष्ट्रिय बजारमा डलर २० हप्ता यता कै महंगो

अमेरिकी डलर थप मजबुत बन्दै, अन्तर्राष्ट्रिय बजारमा डलर २० हप्ता यता कै महंगो

काठमाडौं, २ जेठ । अमेरिकी डलरको दबाव बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर २० हप्ता यता उच्च विन्दुमा पुगेको छ ।

अन्तर्राष्ट्रिय शेयर बजारमा आएको गिरावटको कारण अमेरिकी डलर तर्फ लगानीकर्ताहरुको आकर्षण बढेको हो । यता लगानीकर्ताहरुको आकर्षणमा आएको वृद्धिको कारण अन्य मुद्राको तुलनामा अमेरिकी डलर थप बलियो बनेको छ । अमेरिकी डलर बलियो बन्दै जाँदा यसको प्रभाव हामी कहाँ पनि परेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विदेशी विनिमय दर अनुसार आज जेठ २ गते एक अमेरिकी डलरको विनिमय दर नेपाली १०९.२२ रुपैयाँ पुगेको छ । जुन गत १६ महिना यता कै उच्च हो । यस्तै २०७४ पौष १७ गते एक अमेरिकी डलरको विनिमय दर ११०.११ रुपैयाँ पुगेको थियो । जुन हालसम्म कै उच्च हो ।

नेपाल जस्तो आयातमा निर्भर हुने मुलुकमा अमेरिकी डलर महंगो हुँदा मुल्यवृद्धि बढ्ने हुन्छ । आयातित वस्तुहरु अमेरिकी डलरमा खरिद गरिने भएको कारण वस्तु तथा सेवाको मुल्यमा वृद्धि हुन आउँछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x