Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

शेयर बजार करिब ९ अङ्कले घट्यो

शेयर बजार करिब ९ अङ्कले घट्यो

काठमाडौं, १७ असार । शेयर बजार आज शुक्रवार झन्डै नौ अङ्कले घटेको छ । साताको अन्तिम कारोबार हुने दिन शुक्रवार शेयर बजार परिसूचक नेप्से ८.८७ अङ्कले घटेर २०२८.७७ बिन्दुमा झरेको छ ।

आज दुई सय २१ वटा कम्पनीको ३६ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ९३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको पाँच करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज स्ट्यान्डर्ड चार्टर बैंक र युनाइटेट इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि आँधीखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x