विदेश जाँदा छोराछोरीबाहेक अन्य नाबालक साथमा लैजान कडाइ
काठमाडौं, १८ असार । अध्यागमन विभागको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय एक सूचना प्रकाशित गरी यसरी बालबालिका लैजानेहरुका लागि प्रक्रियाबारे सूचित गरेको छ ।
बालबालिकाको कुनै आधिकारिक संरक्षकत्वबीना विदेश लगेर जाने विषय ज्यादै संवेदनशील भएको भन्दै कार्यालयले आफ्नो सन्तान बाहेक अरु कसैका नाबालक छोरा÷छोरी साथमा लिएर विदेश जाँदा तोकिएको प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।
अब छोराछारीबाहेक नाबालकलाई विदेश लैजाँदा नाबालकको अभिभावक÷संरक्षक÷संघ संस्थाले नाबालक स्थायी ठेगाना भएको सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा मन्जुरीनामा दिइएको व्यक्ति र नाबालकको विवरण खोली विवरण दिनु पर्ने भएको छ ।