Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कामना सेवा विकास बैंकद्वारा थप तीन वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा थप तीन वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं, २७ असार । कामना सेवा विकास बैंकले थप तीन वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ ।


सेवा विस्तार गर्ने क्रममा बैंकले २६ गते आईतबारबाट मोरङ्ग जिल्लाको केराबारी गा.पा. वडा नं. १० को थापाटारमा, सुन्दर सरैंचा न.पा. वडा नं. १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।
मोरङ्ग जिल्लाको केराबारी गा.पा वडा नं. १० थापाटार स्थित केराबारी भ्यु होटल एण्ड बार (धन बहादुर लिम्बु), सुन्दर हरैंचा न.पा वडा नं. १२ शुक्रबारे स्थित आरजु कस्मेटिक एण्ड रेडिमेड (राजन भगत) र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ नमुना चोक स्थित बबि सप्लायर्स (नन्द कुमार याफु राई) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।


मोरङ्ग जिल्लाको केराबारी गा.पा वडा नं. १० का वडा अध्यक्ष पुर्ण बहादुर मगरले थापटारमा, सुन्दर हरौंचा न.पा. वडा नं. १२ का वडा अध्यक्ष रोशन प्रसाद ढकालले शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ का वडा अध्यक्ष अनिल वाग्लेले नमुमा चोकमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।


शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बताइएको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x