Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से १४.७१ अंकले वृद्धि, २ अर्ब ४१ करोड बढीको कारोबार

नेप्से १४.७१ अंकले वृद्धि, २ अर्ब ४१ करोड बढीको कारोबार

काठमाडौं, ३० असार । यस साताको पाँचौं दिन तथा शेयर कारोबारको चौंथो दिन बिहीबार शेयर कारोबार उकालो लागेको छ ।

यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर २००१.५३ अंकमा पुगेको छ ।

बिहीबार २२० कम्पनीको ६२ लाख १० हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

ठुला कम्पनिको उपसूचक १.७७ अंकले बढेर ३८३.१३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशतले बढी हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको छ । सबै भन्दा धेरै माइक्रोफाइनान्स समूहका कम्पनीको कारोबार ५५.५२ अंकले बढेको छ । यो अघिल्लो दिनको तुलनामा १.२८ प्रतिशतले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x