Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

१२.४ प्रतिशतले बढ्यो आन्तरिक कर्जा प्रवाह

१२.४ प्रतिशतले बढ्यो आन्तरिक कर्जा प्रवाह

काठमाडौं, ३२ असार । आर्थिक वर्ष २०७८÷७९ को एघार महिनामा कुल आन्तरिक कर्जा १२.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा २१.९ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ जेठ मसान्तमा यस्तो कर्जा १७.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दावी २५.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १६ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x