Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

जेठ महिनाको सीसीटीभी फुटेज पाएन छानबिन समितिले

जेठ महिनाको सीसीटीभी फुटेज पाएन छानबिन समितिले

काठमाडौं, २ साउन । बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानबिन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सीसीटीभी फुटेज उपलब्ध गराएको छैन ।


संसदीय समितिले पटक पटक जेठ महिनाको सीसीटीभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सीसीटीभी फुटेज दिन नसकेको हो । ‘जेठ महिनाको सीसीटीभी फुटेज मागेका थियौं तर उहाँहरूले असार महिनाको दिनुभयो,’ समिति सदस्य सरला यादवले भनिन्, ‘जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर समितिलाई अझै दिइएको छैन, हामीले पुनः पत्र पठाएर माग जेठको सीसीटीभी फुटेज माग गरेका छौं ।’ उनका अनुसार जेठ महिनाको सीसीटीभी फुटेज दिनका लागि अर्थ मन्त्रालयका सचिवदेखि कर्मचारीले आनाकानी गरिरहेका छन् ।


सीसीटीभी फुटेज दिन नमानेका सचिव, सहसचिवहरुले १४ जेठको बजेट निर्माण क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई भने अस्वीकार गर्दै आएका छन् ।


‘सिसिटिभी फुटेज नदिए पनि हामीले लिएको बयानमा उहाँहरूले अनधिकृत व्यक्ति आएको विषयलाई नकार्दै आउनु भएको छ,’ सांसद यादवले भनिन्, ‘सिसिटिभी फुटेज नै नभएपछि अनुसन्धान गर्न समितिलाई अप्ठ्यारो परिरहेको छ ।’ उनका अनुसार समितिले सो बारेमा आवश्यक निर्णय लिनका लागि आज पनि छलफल गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x