नेप्से १८ अंकले उकालो, १ अर्ब ३१ करोड बढीको कारोबार
काठमाडौं, २ साउन । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.९० प्रतिशतले बढी हो ।
सोमबार २११ कम्पनीको ३१ लाख ४२ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २९ लाख ६२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक २.८३ अंकले बढेर ३८८.७६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ११ समूहका कम्पनीको कारोबार बढेको छ भने २ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै होटल तथा टुरिज्म समूहका कम्पनीको कारोबार १२९.०८ अंकले बढेर २७४७.६३ अंकमा पुगेको छ ।