सुनको मूल्य २ सयले घट्यो
काठमाडौं, ११ साउन । यस साताको चौंथो कारोबार दिन बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
मंगलबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला २ सयले घटेको छ र चाँदी प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भएको छ ।
यस्तै मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार २ सय र चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको चौंथो दिन बुधबार सुनको मूल्य घटेर प्रतितोला ९४ हजार र चाँदीको बढेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।