Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

नबिल बैंकले स्टक एक्स्चेन्जमा कारोबार भैरहेका ३१ कम्पनीको एनआइ३१ तयार गर्ने

नबिल बैंकले स्टक एक्स्चेन्जमा कारोबार भैरहेका ३१ कम्पनीको एनआइ३१ तयार गर्ने

काठमाडौं, १३ साउन । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक वर्ग समेतलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भै कारोबार भैरहेका कम्पनीहरु मध्ये विभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मूल्यको आधारमा तयार गरिने एनआइ३१ (नेट इन्कम३१) तयार गर्ने भएको छ ।


छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोबारको आधारमा तयार गरिने एनआइ दैनिक रुपमा कम्पनीको आधिकारीक वेबसाईड तथा सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।


यस्तो सेवाबाट आम लगानीकर्ताहरुलाई उल्लेखित कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ ।
नेपाल स्टक एक्चेन्जबाट तयार हुने नेप्से ईन्डेक्स भारित औषत पूँजीगत मुल्यका आधारमा तयार हुन्छ भने एनआइ नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिकरुपमा कारोबार भइरहेका हरेक सेक्टरका कम्पनीहरुमध्येबाट विविधीकरणका आधारमा विभिन्न ३१ वटा कम्पनि छनौट गरी अन्तिम मूल्यको आधारमा तयार हुने कम्पनीले जनाएको छ ।

यसरी एनआइले लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, नेप्से इन्डेक्सको भारित पूँजीगत औषतका कमिकमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनिको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजी बजारको अध्ययन गर्न समेत एनआइले सहयोग पु¥याउने विश्वास कम्पनि लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *