Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बोनस शेयर पछि एशियन लाईफ इन्स्योरेन्सको मुल्य समायोजन

बोनस शेयर पछि एशियन लाईफ इन्स्योरेन्सको मुल्य समायोजन

काठमाडौं, ४ जेठ । एशियन लाईफ इन्स्योरेन्सको मुल्य समायोजन भएको छ । बोनस शेयर प्रयोजनको लागि नेपाल स्टक एक्सचेन्जले इन्स्योरेन्सको मुल्य समायोजन गरेको हो । इन्स्योरेन्सले जेठ १९ गते बस्ने १०औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

नेप्सेले इन्स्योरेन्सको शेयर प्रति कित्ता ८२०.१९ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार इन्स्योरेन्सको शेयर आधार मुल्य ८५६.१० रुपैयाँ रहेको छ । यस इन्स्योरेन्सले साधारण सभा र बोनस शेयर प्रयोजनका लागि जेठ ४ देखी १८ गतेसम्म शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ ।

यस्तै सोहि साधारण सभाबाट इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि समेत छलफल गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x