नेप्से परिसूचक ६.७१ अंकले घट्यो
काठमाडौं, १८ साउन । यस साताको चौंथो कारोबार दिन बुधबार शेयर बजार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३१ प्रतिशतले बढी हो ।
बुधबार २१८ कम्पनीको ९५ लाख ४२ हजार रुपैयाँको शेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ०.६४ अंकले घटेर ४२०.४९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.१५ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ४ समूहका कम्पनीको कारोबार बढेको छ भने ९ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै व्यापार समूहका कम्पनीको कारोबार ८६.६८ अंकले बढेको छ । यस्तै कारोबार घटेका समूह मध्ये निर्जीवन बीमा कम्पनीको कारोबार ८६.२९ अंकले घटेको छ ।