नेप्से परिसूचक ३४.६१ अंकले ओरालो

काठमाडौं, २० साउन । यस साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३४.६१ अंकले घटेर २११३.५५ अंकमा पुगेको छ ।


शुक्रबार २१३ कम्पनीको ६४ लाख १६ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ५.८० अंकले घटेर ४०६.४५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.४१ प्रतिशतले बढी हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समूहका कम्पनीको कारोबार घटेको छ भने एउटा समूह म्युचल फण्ड कम्पनीको कारोबार बढेको छ । यस दिन सबै भन्दा धेरै जिवन बीमा समूहका कम्पनीको कारोबार ११९.९९ अंकले घटेको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *