११ प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता
काठमाडौं, २२ साउन । गत जेठसम्ममा नेपालमा वैदेशिक सहायता प्रतिबद्धता ११ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा २ खर्ब २४ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको छ ।
उक्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान ९० अर्ब ३ करोड र ऋण सहायता १ खर्ब ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको हिस्सा क्रमशः ४०.१ र ४९.९ प्रतिशत रहेको छ ।