Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपाल ब्राजिल चेम्बरको अध्यक्षमा चापागाईं पुनः निर्वाचित

नेपाल ब्राजिल चेम्बरको अध्यक्षमा चापागाईं पुनः निर्वाचित

काठमाडौं, २२ साउन । नेपाल ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी अखिलकुमार चापागाईं पुनः निर्वाचित भएका छन् ।

शनिबार राजधानीमा सम्पन्न संघको आठौं वार्षिक साधारणसभाले चापागाईंको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा चेङ्ग अग्रवाल र विक्रम राई तथा महासचिवमा उमेश रायमाझी, सचिवमा ज्योत्सना श्रेष्ठ र कोषाध्यक्षमा निरज तिमिल्सिना निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा जया शिवाकोटी, भरत आचार्य, शिवहरि दंगाल, प्रदीप रुंगटा, राकेशकुमार श्रेष्ठ, लवराम दाहाल र प्रेम पाण्डे निर्वाचित भएको संघले जनाएको छ ।

यस्तै, संघको सल्लाहकारमा निवर्तमान उपाध्यक्ष विनय लामिछाने चयन भएका छन् भने अम्बिका शर्मा लामिछानेलाई अध्यक्ष चापागाईंले सदस्यमा मनोनित गरेका छन् ।

कार्यक्रममा अध्यक्ष चापागाईंले नेपाल र ब्राजीलबीच द्विपक्षीय व्यापार अभिवृद्धि तथा आर्थिक सम्बन्ध विस्तारका लागि संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए ।
अध्यक्ष चापागाइँका अनुसार गत आर्थिक वर्षमा नेपालबाट ४ लाख २७ हजार डलर बराबरको वस्तु ब्राजिल निकासी भएको छ भने ब्राजिलबाट ६ करोड १० लाख डलर बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

“हामी अहिले ब्राजिलसँग ठूलो व्यापारघाटामा रहेका छौं,”अध्यक्ष चापागाईंले भने, “नेपालबाट ब्राजिलमा निकासीको ठूलो सम्भावना देखेका छौं र आगामी दिनमा निकासी बढाउनेतर्फ हाम्रो कार्यक्रम केन्द्रित हुनेछ ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x