Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेप्से ४३.३५ अंकले ओरालो

नेप्से  ४३.३५ अंकले  ओरालो

काठमाडौं, २४ साउन । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालो लागेको छ ।

यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४३.३५ अंकले घटेर २०६२.८० अंकमा पुगेको छ ।

मंगलबार २२२ कम्पनीको ६६ लाख ४६ हजार बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

ठुला कम्पनिको उपसूचक ८.६८ अंकले घटेर ३९७.४३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.१४ प्रतिशतले बढी हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ । यस दिन सबै भन्दा धेरै माइक्रोफाइनान्स समूहका कम्पनीको कारोबार १२५.६२ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x