नेप्से परिसूचक १९ अंकले ओरालो
काठमाडौं, २६ साउन । यस साताको पाँचौं कारोबार दिन बिहीबार शेयर कारोबार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ अंकमा पुगेको छ ।
बिहीबार २२३ कम्पनीको ६२ लाख ९८ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ४.०९ अंकले घटेर ३९१.६६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.०३ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समूहका कम्पनीको कारोबार घटेको छ भने म्यूचल फण्ड समूहका कम्पनीको कारोबार बढेको छ । सबै भन्दा धेरै आज उत्पादन समूहका कम्पनीको कारोबार ८२.१८ अंकले बढेको छ ।