Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दर्ता भएकाे चार वर्षपछि बीमासम्बन्धी विधेयक पारित

दर्ता भएकाे चार वर्षपछि बीमासम्बन्धी विधेयक पारित

काठमाडौं, ३० साउन । बीमासम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।

उक्त विधेयक संसद् सचिवालयमा दर्ता भएको चार वर्षपछि पारित भएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७५ असार २७ गते संघीय संसद् सचिवालयमा उक्त विधेयक दर्ता गराएका थिए ।

प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रिय सभामा पठाइनेछ । त्यहाँबाट पारित भएपछि विधेयक प्रमाणित गरिनेछ र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ । रष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै उक्त विधेयक ऐनका रूपमा लागू हुनेछ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x