Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ३० साउन । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 

दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ का लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ। 
योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि मंगलबार (साउन ३१ गते) बुक क्लोज गरिदैछ। 

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन्।

एनएमबि क्याटिलद्वारा प्रवर्द्धित म्युचुअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार छ।

साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२’ साउन २६ गतेदेखि निष्कासन भइरहेको छ।

सो योजनाका इकाइ खरिदका लागि लागि छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x