Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वाणिज्य बैंकहरुबाट १ खर्ब २० अर्ब निक्षेप घट्यो

वाणिज्य बैंकहरुबाट १ खर्ब २० अर्ब निक्षेप घट्यो

काठमाडौं, ३१ साउन । साउनको २७ दिनमै वाणिज्य बैंकहरुबाट १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप घटेको छ। सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले गत असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।

साउन २७ गतेसम्म आइपुग्दा निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघले जानकारी दिएको छ। साउनको पहिलो साता ६३ अर्ब रुपैयाँ, दोस्रो साता २८ अर्ब रुपैयाँ, तेस्रो साता ४ अर्ब रुपैयाँ र चौथो साता २५ अर्ब निक्षेप घटेको छ।

यता बैंकहरुको कर्जा लगानी पनि खासै बढेको देखिदैन। यो २७ दिनमा बैंकहरुको नयाँ कर्जा ठप्प नै रहेको संघको तथ्यांकले देखाएको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *