Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

साउन महिनाको अन्तिम कारोबार दिन नेप्से २४.८३ अंकले ओरालो

साउन महिनाको अन्तिम कारोबार दिन नेप्से २४.८३ अंकले ओरालो


काठमाडौं, ३१ साउन । यस महिनाको अन्तिम तथा साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ अंकमा पुगेको छ ।


मंगलबार २२१ कम्पनीको ६४ लाख ६ हजार बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


क वर्गका कम्पनिको उपसूचक ३.७५ अंकले घटेर ३९४.३९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.९४ प्रतिशतले बढी हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ मंगलबार आज सबै भन्दा धेरै र्निजिवन बीमा समुहका कम्पनीको कारोबार १४२.०१ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x