Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स बीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स बीच सम्झौता

काठमाडौं, २ भदौ । आइसीएफसी फाईनान्स लिमिटेड लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।


सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आइसीएफसी फाईनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप आइसीएफ फाइनान्स स्मार्ट प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ ।


उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशभुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका
छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *