Shangrila

प्रभु क्यापिटलको ग्राहकका लागि विशेष अफर

काठमाडौं, ६ भदौ । प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्र गते प्रभु क्यापिटल तथा ट्रान्क्वालीटी स्पा बीचमा समझौता भएको छ ।


यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्वालीटी स्पा बाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापीटल्स डिजीटल एप डाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नु पर्ने बताइएको छ । हितग्राहीले चेकआउट तथा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ ।


ट्रान्क्वालीटी स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्ने बताइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *