Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

२९ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको आयात

२९ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको आयात

काठमाडौं, १० भदौ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो महिना साउनमा नेपालमा पेट्रोलियम पदार्थको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२१ प्रतिशतले बढेको छ । साउनमा भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात भएको छ ।
गत आर्थिक वर्ष २०७८–७९ को पहिलो महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

भन्सार विभागका अनुसार गत साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेट आयात गरेको छ । सोही अवधिमा ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x