अवैधानिक जब प्लेसमेन्टमा जोगिन कुमारी जबको आग्रह

काठमाडौं, १० भदौ । कुमारी जबले बजारमा जागिर मिलाइदिने बहानामा ठगी गर्नेको संख्या बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
अवैधानिक तरिकाले सञ्चालनमा आएका कम्पनीहरूले विभिन्न प्रलोभन देखाएर जागिर खानेहरूबाटै मोटो रकम असुल्ने गरेको कुमारी जबले जनाएको छ ।
कुनै खोजनिती बिना, अनुभव बिना राम्रो जागिर लगाइदिने आशा देखाएर समाजिक सञ्जालमा केही कम्पनी सक्रिय रहेको कुमारी जबको भनाइ छ । कुमारी जबले यस्ता कम्पनीहरूबाट जोगिन समेत आग्रह गरेको छ ।