Shangrila

जजिरा एयरवेजले भदौ ३१ देखि भैरहवा-कुबेत दैनिक उडान गर्ने

काठमाडौं, १२ भदौ । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुबेतका लागि दैनिक उडान गर्ने भएको छ ।

एयरवेजले भदौ ३१ ९१६ सेप्टेम्बर० देखि सातामा सातै दिन उडान गर्न लागेको हो ।
१ सय ७४ यात्रु क्षमता भएको जजिराले हाल सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ ।
अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ ।


चाडपर्व नजिकिदै गरेकाले यात्रु अकुपेन्सी बढेको र उडान संख्या थपेको एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्।

रोजगारीमा गएकाहरू दशैं तिहारमा घर फर्कन्छन्, त्यसकारण पनि त्यो समयलाई लक्षित गरेर दैनिक उडान थपिएको छु उनले भनिन्।

जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । वीज एयर, एयर अरेबिया पनि दशैं अघिदेखि नै भैरहवाबाट उडान सुरू गर्ने तयारीमा छन्।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *