Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ बेचबिखन तथा सेवन निषेध

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ बेचबिखन तथा सेवन निषेध

काठमाडौं, १३ भदौ । पशुपतिनाथ क्षेत्रमा आज सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ ।

हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार सोमबारबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो निषेध लागु हुने भएको छ ।

पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x