Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शेयर धितोकर्जामा हाल लागु रहेको १२ करोडको सीमा कायम नराख्ने : राष्ट्र बैंक कार्यकारी निर्देशक श्रेष्ठ

शेयर धितोकर्जामा हाल लागु रहेको १२ करोडको सीमा कायम नराख्ने : राष्ट्र बैंक कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले शेयर धितोकर्जामा हाल लागु रहेको १२ करोडको सीमा कायम नराख्ने पक्षमा रहेको बताएका छन् ।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा काठमाडौंमा भएको पुँजीबजारको विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन्।


चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितोकर्जामा कडाई गरेको तर ४/१२ को सीमामा ४ करोड हटाएर १२ मात्रै कायम गरिएको बताए । डा.श्रेष्ठले गत वर्ष राष्ट्र बैंकलाई शेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै लागेकाले १२ करोडको सीमा पनि कायम राख्ने पक्षमा नभएको स्पष्ट पारे । उनले राष्ट्र बैंकको लागि शेयर मार्जिन ट्रेडिङमा ठूलो समस्या नभएको भन्दै शेयर मार्जिन ट्रेडिङमा विभिन्न स्टुमेण्टहरुको शुरुवात हुनुपर्ने बताए ।
यस्तै उनले उत्पादनका क्षेत्रहरुलाई कर्जाको आवश्यक पर्ने भएकाले शेयर कारोबारको लागि थोरै मात्रै बैंक कर्जा प्रयोग गर्न समेत आग्रह गरे ।
धितोपत्र बोर्डको स्वायत्तताका लागि सरकारसँग छलफल भइरहेको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् । ‘सेयर बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ, त्यो अहिले सम्भावना देखिँदैन, संसारका सबै नियामक निकाय स्वायत्त रहेका छन् हामी स्वायत्त छैनौं, हामी अर्थ मन्त्रालयको विभाग जस्ता रहेका छौं,’ अध्यक्ष हमालले भने ।


ट्याक्स इन्सेन्टिभको व्यवस्था, टेक्नोलोजी विस्तार, इम्पुर्भिङ्ग ट्रष्ट र लागानि कर्ताको सुनिश्चितता भए पुँजी बजारको भौगालिक विस्तार गर्न सकिने एआपीए अध्यक्ष डा. मनोज हमालले बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x