Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

५९ प्रतिशतले बढ्यो वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या

५९ प्रतिशतले बढ्यो वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या

काठमाडौं, १९ भदौ । वदैशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्या करिब ५९ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा ६१ हजार ६३० जना युवाहरुले वैदेशिक रोजगारीमा जान भन्दै श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सोही महिनामा २५ हजार ५२८ जनाले श्रम स्वीकृति लिएका थिए ।

गत आर्थिक वर्षभरिमा भने ६ लाख २८ हजार पाँच सय छ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा पाँच लाख ७९ हजार पाँच सय २८ जना पुरुष र ४८ हजार नौ सय ७५ जना महिला रहेका छन्, जुन अघिल्लो वर्षभन्दा शतप्रतिशतभन्दा बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x