Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

खप्तड लघुवित्तको आइपिओ बाँडफाँड

खप्तड लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडौं, २० भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ ।


कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट आज २० गते सोमबार भएको हो ।


खप्तड लघुवित्तको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५ सय ५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४ सय ९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदनहरु मध्येबाट १२ हजार ३४० जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।


प्रभु क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक भई भाद्र ०८ देखि भाद्र १२ गते सम्म सार्वजनिक रुपमा निष्काशन खुला गरिएको खप्तड लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर निष्काशनमा निष्काशन गरिएको कूल शेयर १ लाख ३२ हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ६ हजार ६ सय कित्ता तथा कर्मचारीलाई जारी पूँजीको ०.५ प्रतिशत बराबर २ हजार कित्ता छुट्याई बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब १६८.६४ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।


हाल संस्थापक तर्फ लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको र आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x