सरकारको राजस्व संकलन करिब ८ प्रतिशत

काठमाडौं, २१ भदौ । चालू आर्थिक वर्षको पहिलो २ महिना बित्नै लाग्दा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको करिब ८ प्रतिशत पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमवारसम्ममा १ खर्ब ११ अर्ब ४० करोड ७० लाख रुपैयाँ राजस्व असुली भएको छ, जुन वार्षिक लक्ष्यको ७.९४ प्रतिशत हो ।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले वार्षिक राजस्व संकलनको लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपैयाँ राखेको छ ।