Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नाका बन्द हुँदा चीनमै अड्किए करिब ४०० कन्टेनर

नाका बन्द हुँदा चीनमै अड्किए करिब ४०० कन्टेनर

काठमाडौं, २३ भदौ । कोरोना संक्रमण बढ्न थालेकाले नियन्त्रणका लागि भन्दै चीनले एकतर्फी रूपमा नेपालसँगको नाका बन्द गर्दा सयौं कन्टेनर सामान उतै रोकिएका छन् । विशेषगरी दशैं, तिहारका लागि नेपाली व्यापारी व्यवसायीले मगाएका सामान रोकिएका हुन् ।

व्यवसायीले मगाएका सामानमध्ये ५० भन्दा बढी कन्टेनरका स्याउ कुहिन थालेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए । अहिले २ सयभन्दा बढी केरुङ र एक सयभन्दा बढी खासा, ३० मिम्बु, २५ सिगात्से र केही संख्यामा कन्टेनर ल्हासा क्षेत्रमा रोकिएको आयातकर्ता व्यवसायीले बताएका छन् ।

चीनले खासा, न्यालम, सिगात्सेलगायतका क्षेत्रमा कोभिड सङ्क्रमणको कारण देखाउँदै साउन २५ गतेयता नेपालतर्फका दुवै नाका बन्द गरेको छ । नाका खुलाउनका लागि कूटनीतिक पहल गर्न प्रधानमन्त्री, पराराष्ट्र मन्त्री, भन्सार विभाग, दलका शीर्ष नेता, सरोकारवाला निकायलाई ज्ञापनपत्र, अन्तत्र्रिmयाजस्ता विभिन्न माध्यमबाट आग्रह गरिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x