Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पूर्वाधारमा जीडीपीको ९ प्रतिशत लगानी गर्नुपर्छ : मन्त्री कार्की

पूर्वाधारमा जीडीपीको ९ प्रतिशत लगानी गर्नुपर्छ : मन्त्री कार्की

काठमाडौं, २४ भदौ । मुलुकले चाहे जस्तो आर्थिक समृद्धि हासिल गर्न पूर्वाधार विकासमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को कम्तीमा ९ प्रतिशत लगानी गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् । चौथो नेपाल पूर्वाधार सम्मेलनको शुक्रबार समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले दश वर्षमा समृद्ध नेपाल बनाउने गरी काम गर्नुपर्ने बताए । दोस्रो पटक निर्वाचन सम्पन्न भएर तिनै तहका सरकार निर्वाचित भएसँगै राजनीतिक समस्या समाधान हुने र आगामी निर्वाचनबाट आउने सरकारको प्राथमिकता आर्थिक विकासमा पर्ने उनको भनाइ थियो ।

‘१० वर्षपछि सम्पन्न देशका नागरिक हुने गरी सबैले आआफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीले पूर्वाधार निर्माण गर्न कुल गार्हस्थ्य उत्पादनको ९ प्रतिशतसम्म लगानी गर्नुपर्नेछ,’ कार्कीले भने, ‘सरकार एक्लैले पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्दैन । निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्न वातावरण बनाउन हामी तयार छौं ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x