मुक्तिनाथ विकास बैंकको घर दैलो कार्यक्रम
काठमाडौं, २६ भदौ । “जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुल नाराको साथ स्थापित मुक्तिनाथ विकास बैंकले शनिबारका दिन आफ्ना ग्राहकहरुमा वित्तीय साक्षरता पुराउन र सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु घर दैलो कार्यक्रम गरेको छ ।
यस कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको समेत सहभागीता रहेको थियो । बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले बृहत उदेश्य बोकेको जनाइएको छ । मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रम बाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उदेश्य बैंकले लिएको छ ।
घर दैलो कार्यक्रम राख्दै बैंकले ग्राहकहरुमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर जानकारी गराउँदा ग्राहकहरुले पनि बैंकिङ्ग सेवा बारे रहेका जिज्ञाशाहरुको उत्तर घरै बसेर पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।