नेपाललाई नयाँ प्रविधि एवं पूँजी परिचालनमा सघाउन एडीबी तयार
काठमाडौं, २७ भदौ । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई नयाँ प्रविधि, नवप्रवर्तन एवं पूँजी परिचालनमा सघाउने प्रतिबद्धता गरेको छ । गत शुक्रवार सम्पन्न नेपाल पूर्वाधार सम्मेलनलाई सम्बोधन एडीबीका निजी क्षेत्र सञ्चालन र सार्वजनिक–निजी साझेदारीका लागि उपाध्यक्ष अशोक लभासाले यस्तो नेपाल सरकारलाई सक्षम वातावरणको विकास, उच्च प्रभाव पर्ने पूँजी परिचालन, नयाँ प्रविधि र आविष्कारमा निजी क्षेत्रको लगानी आकर्षित गर्न नेपाल सरकारलाई सहयोग गर्न एडीबी तयार रहेको बताएका हुन् ।
लभासाले नेपाल पूर्वाधार शिखर सम्मेलन २०२२ मा मुख्य वक्ता थिए । सम्मेलनमा उनले निजीक्षेत्रको विकास मार्फत नेपालको विकास एजेन्डालाई समर्थन गर्ने एडीबीको प्रतिबद्धता दोहो¥याएका छन् । सो क्रममा उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग पनि भेट गरेका थिए ।