सृजनशील लघुवित्तको आईपीओ बाँडफाँट
काठमाडौं, २७ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज (सोमवार) क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
क्यापिटलका अनुसार गोलाप्रथा विधिबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले ३,६८,५९० कित्ता शेयर पाएका छन् ।