१३.५४ अंकले घट्यो शेयर बजार, ८३ करोडको कारोबार
काठमाडौं, २७ भदौ । साताको दोस्रो दिन पनि शेयर बजारको ओरालो कायमै रहेको छ । यस दिन बजार मापक नेप्से परिसूचक १३.५४ अंकले घटेर १९१२.७४ अंक कायम भएको छ ।
यस दिन म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक घटेका छन् । सर्वाधिक शेयर मूल्य घट्नेमा जलविद्युत् समूह रहेको छ ।
सोमवार २२५ कम्पनीको २६ लाख १३ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८३ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।