नाडा अटोमोवाइल्स इभि प्रर्दशनि संगै “नाडा इभि चौतारी”को पनि आयोजना हुँदै
काठमाडौं, ५ असोज । नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन “नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल”को आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर “नाडा इभि एक्स्पो“ भोली आश्विन ६ गते देखि ९ गते सम्म भृकुटी मण्डप, प्रदशनी हलमा आयोजना हुने भएको छ ।
उक्त “नाडा इभि एक्स्पो“ चलिरहेको समयमा नै आश्विन ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म युएसआइडीको सहकार्यमा नाडा चौतारी सेमिनार पनि सञ्चालन हुने भएको बताइएको छ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ । इभि चौतारीको पहिलो दिन ७ गते इभी टेक्नोलोजी एण्ड इकोसिस्टमको बारेमा छलफल हुनेछ भने दोस्रो दिन ८ गते फाइनान्सियल आस्पेक्ट्स अफ इभी को बारेमा विभिन्न विज्ञहरु ले आ–आफ्नो धारणा राख्ने र अन्तिम दिन ९ गते पोलिसिज फर प्रोमोटिङ्ग इभीएस भन्ने विषयमा छलफल हुने बताइएको छ ।
यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाड्ने चौतारी हुने नाडाले जनाएको छ । कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई अनुरोध गरेको छ ।